कञ्चनपुरको गड्डाचौकीबाट भारतको दिल्ली लैजादै गरेका ४ महिलाको उद्धार
कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकीबाट भारतको दिल्ली लैजादै गरेकी ४ महिलाको उद्धार गरिएको छ। झापाको दमक नगरपालिका वडा नम्बर ७ की २८ वर्षीया रोशनी घिमिरेले उनीहरुलाइ भारतको दिल्ली लैजादै गरेकी अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरीको समूहले ४ महिलाको उद्धार गरेको हो।
उद्धार गरिएकी महिलाहरुमा सोहि वडाकी १८ वर्षीया मातृका घिमिरे, २३ वर्षीया रोजिना घिमिरे, २७ वर्षीया सुदिपा मिश्र र मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ की २१ वर्षीया सुमिता स्याङताङ रहेका छन्। उनीहरुलाई शान्ती पुनस्थापना केन्द्रलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताउनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्