तपाईँ सुन्दै हुनुहुन्छः

राजस्व छली भित्र्याइएको ६ लाख बराबरको सामान बरामद

बीरगंज । अवैध रुपमा भन्सार छली भित्र्याइएको ६ लाख मूल्य बराबरको सामान सशस्त्र प्रहरीले वीरगंजबाट बरामद गरेको छ ।

सशस्त्र प्रहरीले भारतीय बजार रक्सौलबाट भित्र्याइएको भारतीय कपडा, प्याज, लसुन ल्याउँदै गरेको अवस्थामा मोटर साइकल समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेड क्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले बताउनुभयो ।

वीरगञ्ज महानगरपालिकाको बसपार्क तथा गण्डक चोकबाट सशस्त्र प्रहरीको गस्ती टोलीले भन्सार छली गरी भित्र्याइएको सामान बरामद गरेको खड्काले बताउनुभयो ।

बरामद गरिएको सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक जीवन मल्ल ठकुरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button