तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धार्थ राजमार्गमा बस र ट्रक एक आपसमा ठोकिँदा ६ जना घाइते

स्याङ्जा   । सिद्धार्थ राजमार्गको जाँडखोलामा बस र ट्रक एक आपसमा ठोकिँदा ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पोखराबाट वालिङ आउँदै गरेको लु १ ख ६५९४ नम्बरको ट्रक र पर्वतको फोक्सिङबाट पोखरा जाँदै गरेको ना ५ ख ५१३९ नम्बरको बस एक आपसमा ठोकिँदा ६ जना घाइते भएका हुन् ।

पुतली बजार नगरपालिका ११ को जाँडखोलामा भएको उक्त दुर्घटनामा बसमा सवार ५ जना र ट्रकका चालक गरी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहरूको जिल्ला अस्पतालमा उपचारका लागी लगिँदै छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button