उपभोक्ता ठगी गर्ने ४ पसललाई ५० हजार जरिवाना
वीरगंज । उपभोक्तालाई मुल्य भन्दा बढी पैसा लिएर ठगि गरेको आरोपमा आज बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजबाट खटिएको टोलीले ४ वटा पसललाई कारवाही गर्दै ५० हजार जरिवाना गरेको छ ।
बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधिसहितको टोलीले अनुगमन गर्दा उपभोक्तालाई ठगी गरेको भेटिएपछि कारवाही गरिएको बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका प्रमुख जितबहादुर भण्डारीले बताउनुभयो ।
सामानको विक्री मुल्य भन्दा बढी ग्राहकसंग पैसा लिएको, बिना बिल, बिजकको सामानहरु पसलबाट बिक्रि गरेको जिल्ला प्रशासान कार्यालय पर्सामा उजुरी परेको आधारमा आज अनुगमन गर्दा वीरगंज महानगरपालिका वडा नम्बर ५ स्थित शोभा श्री किराना स्टोर, बनारसी घ्यु पसल, वडा नम्बर १० आर्दशनगरमा रहेको पतञ्जली फार्मेसीले सामानको विक्री मुल्य भन्दा बढी ग्राहकसंग पैसा लिएको, बिना बिल, बिजकको समानहरु पसलबाट बिक्रि गरेको भेटिएपछि जरिवाना गरिएको भण्डारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्