तपाईँ सुन्दै हुनुहुन्छः

चोरी मुद्दाका प्रतिवादीलाई कारागार चलान

सप्तरी । सप्तरीको खडक नगरपालिकाका एक चोरी मुद्दाका प्रतिवादीलाई कारागार चलान गरिएको छ ।

वडा नम्बर १ का अमित कुमार यादवले गरेको जाहेरीको आधारमा सोही वडाका २६ वर्षीय दिपक मण्डललाई पक्राउ गरिएको थियो ।

मोटरसाइकल चोरी मुद्दामा पक्राउ गरिएको मण्डललाई बुधवार सप्तरी जिल्ला अदालतमा पेस गरिएकोमा अदालतले ५० हजार रुपैयाँ धरौटी तिर्न आदेशले दिएका थिए ।

धरौटी तिर्न नसक्दा मण्डललाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button