तपाईँ सुन्दै हुनुहुन्छः

अतिविपन्न परिवारलाई सिरक वितरण

सप्तरी । चिसो बढ्दै गएपछि सप्तरीको कञ्चनरुप नगरपालिकाले अति विपन्न परिवारलाई जाडोबाट बच्नका लागि सिरक वितरण गरेको छ ।

अति विपन्नता भएका परिवालई छनोट गरी प्रथम चरणमा एक सय परिवारलाई कञ्चनरुप नगरपालिका नगर प्रमुख बसन्तकुमार मिश्र तथा नगर उप–प्रमुख निरु पोखरेलले जाडोबाट बच्नका लागि सिरक तिरण गर्नुभयो ।

प्रथम चरण अन्तरगत नगरपालिकाको वडा नम्बर १२ का अति विपन्न परिवारलाई वितरण गरिएको हो ।

उक्त अवसरमा नगर प्रमुख मिश्रले अति विपन्न परिवारलाई जाडोबाट जोगाउन सिरक वितरण गरिएको बताउनुभयो ।

अन्य वडामा पनि सिरक वितरण गर्ने तयारी गरिरहेको नगर प्रमु मिश्रले जानकारी दिनुभयो ।

सिरक वितरण कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्री, वडा सदस्य लिलबहादुर मगर (सोम), सञ्चारर्मी, बुद्धिजीवि, स्थानीय लगायतको उपस्थित रहेको थियो ।

नगरपालिकाले गत वर्ष पनि २ हजार अतिविपन्न परिवालई सिरक वितरण गरेको सामजिक विकास शाखाका राजेश यादवले बताउनु भयो ।

नगरपालिकाले जाडोबाट बच्न सिरक वितरण गरेपछि नगरबासी खुसी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button