निजी क्षेत्रमा प्रवाहित कर्जा ४.९ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको प्रथम चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ११.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैकले जनाएको छ ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.९ प्रतिशतले र विकास बैंकहरुको कर्जा प्रवाह ६.३ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.५ प्रतिशतले घटेको छ ।
२०७७ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । आर्थिक वर्ष २०७७–७८ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैकले जनाएको छ ।
आर्थिक वर्ष २०७७–७८ को चार महिनामा रिभर्स रिपोमार्फत .६० अर्ब र निक्षेप संकलन उपकरणमार्फत् ३० अर्ब गरी कुल ९० अर्ब तरलता प्रशोचन गरिएको नेपाल राष्ट्र बैकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्