तपाईँ सुन्दै हुनुहुन्छः

५ महिनामा १ सय ३ फरार प्रतिवादी पक्राउ

कपिलवस्तु । अदालतबाट कैद सजाँय सुनाइएका १ सय ३ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पछिल्लो ५ महिनामा जिल्लाका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका फरार प्रतिवादीलाई जिल्लाका विभिन्न प्रहरी युनिटमार्फत पक्राउ गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुलाई प्रहरीले अदालतमा बुझाई जिल्ला कारागारमा थुनाका लागि पठाएको जिल्ला प्रहरी कार्यालयले तौलिहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button