तपाईँ सुन्दै हुनुहुन्छः

एम्बुलेन्स सेवा शुभारम्भ

तस्बिर : देवराज सुबेदी

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आज आफ्नै स्वामित्वको दुई वटा एम्बुलेन्सको सेवा शुभारम्भ गरेको छ ।

गाउँपालिका अध्यक्ष टासी लामा र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले विधिवत् पूजा गरी सेवा आरम्भ गर्नुभएको हो ।

दुई एम्बुलेन्समध्ये एउटा गाउँपालिका आफैँले खरिद गरेको हो भने अर्को हाँडी खोला साना जलविद्युत् योजनाले पालिकालाई हस्तान्तरण गरेको हो ।

इन्डियन एम्बेसीले बरुवा महिला सहकारीलाई दिएको एम्बुलेन्स बरुवा र बाँसखर्कलाइर्, नेसनल हाइड्रोले सहयोग गरेको लाँगर्चे र भोटेनाम्लाङवासीलाई सेवा दिने पालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

त्यस्तै पालिकाले खरिद गरेको एम्बुलेन्सले पालिका केन्द्र रहेर र हाँडी खोला साना जलविद्युत् योजनाले सहयोग गरेको एम्बुलेन्सले कोट, गुन्सा र भोताङका लागि सञ्चालन गरिने छ ।

पालिकाले सुत्केरीलाई मेलम्चीदेखि काठमाडौँसम्म निःशुल्क,  ७० देखि ८० वर्षका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत र ८० वर्ष माथिकालाई निःशुल्क सेवा दिने जनाइएको छ ।

पालिकाको स्वामित्वमा रहेका दुई एम्बुलेन्सको भाडा दर पनि कम रहेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button