पाल्पामा एक हजार पाँच सय ९७ जना सङ्क्रमित डिस्चार्ज
पाल्पा । पाल्पामा एक हजार पाँच सय ९७ जना कोरोना सङ्क्रमितहरु डिस्चार्ज भएका छन ।
एक हजार सात सय ३८ सङ्क्रमितहरु मध्ये एक हजार पाँच सय ९७ जना सङ्क्रमितहरु डिस्चार्ज भएका हुन ।
बिहिबारसम्म जिल्लाका माथागढी गाउँपालिकाका ८१ जना, रामपुर नगरपालिकाका दुई सय ४६ जना, पूर्वखोला गाउँपालिकाका तीन सय ३३ जना, रैनादेबी छहरा गाउँपालिकाका ८२ जना र रम्भा गाउँपालिकाका ८५ जना रहेका छन ।
त्यस्तै बगनासकाली गाउँपालिकाका एक सय चार जना, तिनाउ गाउँपालिकाका ६६ जना, रिब्दीकोट गाउँपालिकाका ५९ जना, निस्दी गाउँपालिकाका एक सय १४ जना र तानसेन नगरपालिकाका पाँच सय २७ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
यसैबीच बिहिबार पाल्पामा थप छ जना सङ्क्रमित थपिएका छन ।








प्रतिक्रिया राख्नुहोस्