तपाईँ सुन्दै हुनुहुन्छः

जग्गा किर्ते गरि नामसारी गरेको अभियोगमा मालपोत प्रमुख सहित ५ जना जेल चलान

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ५ मेनरोडस्थित करोडौं मूल्यको जग्गा किर्ते नामसारी गरेको अभियोगमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुमन झासहित ५ जनालाई आज पर्सा जिल्ला अदालतले पूर्पक्षको लागि जेल चलान गरेको छ ।

पर्सा जिल्ला अदालतका न्यायाधीश हरिकृष्ण श्रेष्ठको एकल इजलासले किर्ते जग्गा नामसारी प्रकरणमा पक्राउ परेका मालपोत प्रमुख झा, नायब सुब्बा श्रीनारायणप्रसाद साह, किर्ते जग्गा प्रकरणका मुख्य अभियुक्त केवलप्रताप राणा, जग्गा कारोबारी विश्वास तिवारी र लेखनदास प्रमेश साह कानूलाई पूर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको पर्सा जिल्ला अदालतले जनाएको छ ।

यही मुद्दामा पक्राउ परेका लेखनदास अमर साह कानू भने १ लाख रुपैया धरौटीमा छुटेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button