तपाईँ सुन्दै हुनुहुन्छः

ठोरीको सीता गुफामा विवाह पञ्चमीको तयारी 

बीरगंज  । पर्साको ठोरी गाउँपालिकामा अवस्थित सीता गुफामा विवाह पञ्चमीको अवसरमा राम सीता विवाह उत्सव गर्ने तयारी थालिएको छ ।

राम जन्मभूमि क्षेत्र विकास समिति तथा सीता गुफा पूजा समितिको आयोजनामा पौष ४ गते शनिबार विवाह महोत्सव मनाइने पूजा समितिले जनाएको छ ।

सीता गुफा परिसरमा रुद्री पूजा, हवनसहित भव्य रुपमा विवाह उत्सव मनाइने बताइएको छ ।

विगत केही वर्षदेखि सीता गुफामा विवाह पञ्चमीको अवसरमा र राम नवमीको दिन धार्मिक अनुष्ठान सञ्चालन हुँदै आएको छ ।

आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा गत असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म ठोरी आसपास अयोध्यापुरीमा भएको अभिव्यक्ति दिएसँगै ठोरीवासीले विभिन्न धार्मिक कार्यक्रमहरू गर्दै आएका छन् ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि ठोरीमा पर्यटकको आगमनमा पनि वृद्धि आएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रमाणित गर्न विभिन्न प्रमाणिक तर्कहरू पनि प्रस्तुत हुँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button