सैनामैनामा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता सुरु

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा प्रथम सैनामैना खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आजदेखि सुरु भएको छ ।
सैनामैना ब्याडमिन्टन क्लवको आयोजनामा प्रथम राष्ट्रिय खुल्ला मेन्स डबल तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिताको नगरप्रमुख चित्रबहादुर कार्कीले उद्घाटन गर्नुभयो ।
प्रतियोगितामा काठमाडौँ, कास्की, चितवन, मकवानपुर, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट ५० समूहको सहभागिता रहेको ब्याडमिन्टन प्रतियोगिताका खेल संयोजक धर्म न्यौपानेले जानकारी दिनुभयो ।
राष्ट्रिय खुल्ला मेन्स डबलको पुरस्कारमा क्रमश:प्रथम रु ५१ हजार, द्वितीय रु ३५ हजार र तृतीयलाई रु २० हजारसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
भेट्रानतर्फ क्रमशः प्रथम रु. ३० हजार, द्वितीय रु २० हजार र तृतीयलाई रु १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।







प्रतिक्रिया राख्नुहोस्