तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट बालिकाको मृत्यु

बझाङ । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

चैनपुरदेखि महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नम्बरको बसले ठक्कर दिँदा बिहीवार २ वर्षीया बालिका दिपिका बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनकुडा बजार क्षेत्रमा साँगुरो सडक भएकाले होटल नजिकै खेली रहेकी बालिकालाई बसले ठक्कर दिएर मृत्यु भएको बताइएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रमा लिइएको डिएपी रुपक खड्काले वताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button