दैलेखका कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु

सुर्खेत । दैलेखका कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु भएको छ ।
दैलेख गुराँस गाउँपालिकाका–५, का ८७ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ८ बजे कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रम मृत्यु भएको हो ।
मङ्सिर १५ गते कोरोना पुष्टि भएर स्वासप्रस्वासमा कठिनाइ भएपछि अस्पताल भर्ना भएका ती पुरुषको उपचारकोक्रममा निधन भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनु भयो ।
मृतकको शव व्यवस्थापन गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत र नेपाली सेनाले समन्वय गरिरहेको उहाँले बताउनु भयो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्