तपाईँ सुन्दै हुनुहुन्छः

श्रेष्ठ र गुरुङको जोडी फाइनलमा

चौतारा । प्रकाश श्रेष्ठ र अभिषेक गुरुङको जोडी तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता’ को जिल्ला स्तरिय मेन्स डबलको फाइनलमा पुग्न सफल भएको छ ।

मंगलबार विहान सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भएको पहिलो सेमिफाइनलमा प्रकाश र रमेश श्रेष्ठको जोडीले अजय तामाङ र राज कुमार तामाङको जोडीलाई २–१ सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

यस्तै, दोस्रो सेमिफाइनलमा अभिषेक र युवराज अधिकारीको जोडीले सुरेन्द्र र कैलाश घलेको जाडीलाई २–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको छ ।

पहिलो सेट २०–२० ले गुमाएको प्रकाश जोडीले बाँकी दुई सेटमा पुनरागमन गर्दै २१–१० र २१–७ मा जित्न सफल भए ।

यस्तै दोस्रो खेलको पहिलो सेट २०–२२ ले गुमाएको अभिषेकको जोडीले सुरेन्द्रको जोडीलाई पुनरागमन गर्दै २१–११, २२–११ मा हराउन सफल भयो ।

अब दुई जोडी उपाधिका लागि २६ गते भिड्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button