सिकागो ओपन अनलाइन तेक्वान्दोमा चार खेलाडीलाई पदक
काठमाडौं । सिकागो ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका चार तेक्वान्दो खेलाडीले पदक जितेका छन् ।
ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका सन्दीपा अमगाईं, सन्जीब नेपाली र राजु नगरकोटीले रजत पदक हात पारे भने प्रेमकुमार दर्नालले पुम्सेतर्फ कांस्य पदक जितेका छन् ।
च्याम्पियनसिपमा आयोजक राष्ट्र अमेरिका र नेपालसहित क्यानडा, फिलिपिन्स र स्लोभाकियाका करिब चार सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्