तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा एक वृद्धालाई बोक्सी आरोप लगाउने तीन जनालाई कैद

सल्यान। सल्यानमा एक वृद्धालाई बोक्सी आरोप लगाउने तीन जनालाई कैद सजायको फैसला भएको छ ।
जिल्लाको शारदा नगरपालिका १ श्रीनगर निवासी ६० वर्षीया वृद्धालाई बोक्सी आरोप लगाउने तीन जनालाई जिल्ला अदालत सल्यानले कैद फैसला सुनाएको हो ।

बोक्सी आरोप लगाउने स्थानीय २३ वर्षीया जयन्ती खड्कालाई ६ महिना कैद र ५ हजार जरिवाना, २१ वर्षीया सरिता खड्का र २४ वर्षीया गीता खड्कालाई जनही ३ महिना कैद र २ हजार ५ सय रुपैयाँ जरिवाना फैसला सुनाएको जिल्ला अदालत सल्यानका श्रेष्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए ।

गत भदौ ५ गते बोक्सी भनेको आरोपमा प्रहरीले गत असोज १२ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button