राजविराज जेसीजद्वारा शैक्षिक सामाग्री वितरण
राजविराज । राजविराज जेसीजले आइतबार एक समारोहका बीच शैक्षिक सामाग्री वितरण गरेको छ ।
जेसीज सप्ताहअन्तरगत चौथो दिन रुपनी गाउँपालिका–२ पौवास्थित जेसीज विद्यालयमा कक्षा १ देखि सात सम्मका उत्कृष्ठ बिद्यार्थीलाई झोला, औजार बक्स, पेन्सिल कलम, कापी, कटर, इरेजर आदि वितरण गरिएको छ ।
कक्षाका उत्कृष्ठ बिद्यार्थीलाई राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवाल, प्रमुख अतिथि प्रधानाध्यापक राजकुमार सुनरैत, राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेल, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ्गले शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभयो ।
‘जेसीज सप्ताह कार्यक्रम २०२०’ को साताव्यापी कार्यक्रमको पाँचौ दिन सोमबार बिहान १० बजे राजविराजस्थित गजेन्द्र चोकमा रक्तदान कार्यक्रम रहेको कार्यक्रम संयोजक रबी रायले जानकारी दिनुभयो ।
यसैगरी मंगलबार गजेन्द्रनारायण सिंह अस्पतालमा गर्भवती, सुत्केरी महिलालाई पौष्टिक आहारा र बुधबार सुरुङ्गा नगरपालिका–३ दौलतपुरमा स्वास्थ्य सामाग्री वितरण र अन्तरक्रिया कार्यक्रम राखिएको मूल संयोजक दासले बताउनु भयो ।
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेकाले अन्तिम दिन बुधबार साँझ राजविराजस्थित गजेन्द्र चोकमा हिंसा पीडितबाट मृत्युवरण गरेकाहरुको सम्झनामा मैनबत्ती प्रज्वलनसहित श्रद्धाञ्जलीसभा गरेर साप्ताहिक कार्यक्रम समापन गरिने जेसीजले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्