तपाईँ सुन्दै हुनुहुन्छः

इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको एकदिवसीय खेल दोस्रो पटक स्थगित

काठमाडौं । इंग्ल्याण्ड र दक्षिण अफ्रिका विचको पहिलो एकदिवसीय खेल दोस्रो पटक स्थगित भएको छ ।

शुक्रबार दक्षिण अफ्रिकी खेलाडीमा कोरोना देखिएपछि आइतबारका लागि सारिएको खेल इंग्ल्याण्डका कारण स्थगित भएको हो ।

इंग्ल्याण्ड क्रिकेट टिमका खेलाडीको कोरोना रिपोर्ट आउन बाँकी रहेका कारण खेल स्थगित भएको हो । कोरोनाका कारण यो सिरिज संकटमा परेको छ । यदि चाहिएको खण्डमा यो प्रतियोगिता तीन देखि पाँच दिन लम्ब्याउन सकिने बताएको छ ।

आइतबारको खेलपनि केही ढिला सुरु गरिनेमा दुबै टिम सहमत भएका थिए । तर, अन्तिममा कोरोनाको रिपोर्ट आउन ढिलाई भएपछि रद्द गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button