तपाईँ सुन्दै हुनुहुन्छः

भारी मात्रामा लागुुऔषधसहित एकजना पक्राउ

बारा । सशस्त्र प्रहरी कार्यालय जीतपुर, बाराले भारी मात्रामा लागुऔषध कोरेक्ससहित एकजनालाई पक्राउ गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.७ जीतपुरस्थित केरा ढोका मन्दिर अगाडिबाट लागुऔषध कोरेक्स ५ सय ५० पिससहित पर्सा जिल्ला धोरे गाउँपालिका वडा नं.१ बस्ने २२ वर्षीय जितेन्द्र सहनीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी कार्यालय, जीतपुरले जनाएको छ ।

लागुऔषध र पक्राउ परेका सहनीलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय जीतपुरको जिम्मा लगाईएको सशस्त्र प्रहरी निरीक्षक प्रकाश विक्रम कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button