तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीको तस्बिर खिच्न नपाइने कानुनको  विरुद्ध फ्रान्समा प्रदर्शन 

पेरिस । फ्रान्समा प्रहरीको तस्बिर खिच्न नपाइने भनेर ल्याइएको कानुनको मस्यौदाको विरुद्धमा राजधानी पेरिसमा भएको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच  हिंस्रक झडप भएको छ ।
प्रहरीले प्रदर्शनकारीहरू माथि अश्रु ग्यास प्रहार गरेको र प्रदर्शनकारीहरूले पसलहरूमा क्षति पुर्‍याएको बिबिसीले जनाएको छ ।
शनिबार  पेरिस लगायत फ्रान्सका अरू सहरमा १ सय बढी र्‍याली तथा प्रदर्शनहरू भएको बिबिसीले उल्लेख गरेको छ  ।
एक अश्वेत नागरिकलाई तीन जना श्वेत प्रहरीले हातपात र गाली गलौच गरेको भिडियो सार्वजनिक  भएपछि उक्त कानुनको मस्यौदा आएको प्रदर्शनकारीहरूको आरोप छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button