तपाईँ सुन्दै हुनुहुन्छः

दुर्गमका कोभिड अस्पतालले डाक्टर पाएनन्

जुम्ला । जुम्लाका सात स्थानीय तहमा स्थापना गरीएका कोभिड अस्पताल संचालनका लागि डाक्टर नहुँदा संचालनमा समस्या भएको छ ।

डाक्टर नियुक्तिका लागि २ पटक विज्ञापन आह्वान गर्दापनि दरखास्त नपरेपछी संचालनमा समस्या भएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।

कोभिड अस्पताल निर्माण भई संचालनको तयारीमा रहेपनि विशेषज्ञ डाक्टर नपाएपछि समस्या भएको सिंजा गाउँपालिकाका अध्यक्ष देवल सिंह रावलले बताउनुभयो ।

गएको कार्तिक ३ गतेबाट संचालित अस्थायी कोभिड अस्पतालमा डाक्टर नपाउँदा २ जना स्टाप नर्स र १ जना कार्यालय सहयोगीको भरमा कोभिड अस्पताल संचालन गर्ने बाध्यता आइलागेको तातोपानी गाउँपालिकाका स्वास्थ्य संयोजक गुरु प्रसाद चौलागाईले बताउनुभयो ।

दुर्गम क्षेत्रमा कोभिड अस्पतालमा विशेषज्ञ डाक्टर आउन नमानेपछि संचालनमा समस्या भएको तिला गाउँपालिका स्वास्थ्य संयोजक गणेश बहादुर शाहीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button