कर्मचारी सङ्क्रमित भएपछि जिल्ला प्रशासन कार्यालय जुम्ला सिल
जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्ला तीन दिनका लागि सिल भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट आज प्रशासनका कर्मचारीसहित ६ जनामा कोरोना पोजेटिभ नतिजा देखिएपछि कार्यालय सिल गरिएको हो ।
दैनिक सेवा प्रवाह गर्दा सेवाग्राीलाई समेत सङ्क्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै तीन दिनका लागि कार्यालय सिल गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।
प्रजिअ थापाका अनुसार प्रशासनबाट प्रवाह हुने अत्याआवश्यक सेवा (शान्ति सुरक्षा र विपद व्यवस्थापन) बाहेक अन्य सेवा मंसिर १८ गते विहिबारदेखि २० गतेसम्म तीन दिन बन्द गरिने छ ।
हाल जुम्लामा कोरोना सङ्क्रमितको संख्या चार सय ३२ पुगेको छ भने ३९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्