कञ्चनरुप नगरपालिकाले अनुदानमा गहूँको बीउ वितरण गर्दै
सप्तरी । किसानहरुले गहूँको बीउ नपाइरहेको अवस्थामा सप्तरीको कञ्चनरुप नगरपालिकाले नगरभित्रका किसानहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहूँको बीउ वितरण गर्न लागेको छ ।
कृषि विकास शाखाले गहूँ खेती गर्न इच्छुक किसानहरुलाई ५० प्रतिशत अनुदानमा नगरपालिका भित्रका १२ वटै वडाका स्थानिय किसानलाई ५० प्रतिशत अनुदानमा गहूँको बीउ वितरण गर्न सुरु गरेको कृषि विकास शाखाका वेचन सढोक यादवले बताउनुभयो ।
४० केजीको तीन सय बोरा उन्नत जातको गहूँको बीउ ल्याई वडाको सिफारिसमा किसानहरुलाई वितरण गरिरहेको यादवले बताउनुभयो ।
किसानको उन्नति बिना नगरको उन्नति हुननसक्ने भएकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी काम गरिरहेको नगर प्रमुख वसन्तकुमार मिश्रले बताउनुभयो ।
नगरपालिकाले किसानको पीरमर्का बुझी सहुलियत दरमा उन्नत जातको गहूँको वितरण गर्नु किसानका लागि सुखद पक्ष रहेको किसान डम्बर नारायण साहले बताउनुभयो ।
यसअघि पनि कञ्चनरुप नगरपालिकाले च्याउको बीउ, मौसमी तथा बेमौसमी तरकारी फलफूल, धान मकै, औषधी तथा उन्नत जातको बोका वितरण गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्