विकास पहुँचका आधारमा हुदैन, आवश्यकताका आधारमा हुन्छः मन्त्री अर्याल
स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विकास पहुँचका आधारमा नभइ आवश्यकताका आधारमा हुने बताउनुभएको छ ।
सोमबार गल्याङ–१ मालुङ्गा, वालिङ र भिरकोटमा अस्पतालको शिलान्यास गर्नुहुँदै मन्त्री अर्यालले वतर्मान सरकार विकासको गतिमा हिँडेको बताउनुभयो ।
विकासको वर्गीकरण गरेर संघ, प्रदेश र स्थानीय तिनै सरकार बीचको समन्वयमा विकास हुने उहाँको भनाई थियो ।
आज स्वास्थ्य क्षेत्रमा ऐतिहासिक दिन भएको भन्नुहुँदै मन्त्री अर्यालले देशभर एकैचोटी ३९६ वटा अस्पतालको शिलान्यास हुनु ऐतिहासिक घटना भएको बताउनुभयो ।
भौतिक संरचनासंगै दक्ष जनशक्ति र आधुनिक सुविधा सम्पन्न उपकरणको समेत व्यवस्थापन हुने उल्लेख गर्नुहुँदै उहाँले स्वास्थ्य हरेक नागरिकको सहज पहुँचमा पुग्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्