धनुषा तथा सिरहाको सीमामा पर्ने कमला नदिमा मेला

कोरोना महामारीका कारणले विगत वर्ष जस्तो भिडभाड नभएपनि मेलामा सहभागी हुनका लागि नेपाल तथा सीमावर्ती भारतीय क्षेत्रका भक्तजनहरु सहभागी भएर स्नान तथा पूँजापाठ गर्नु भएको छ ।
तन्त्र सिद्धिका लागि उपयुक्त तिथि भएकाले नेपाल भारतको धामी झाक्रीहरु ठूलो संख्यामा गए राति देखि उपस्थित भएर साधना गरेर स्नान ध्यान गरेका छन् ।
कार्तिक महिनाको पूर्णिमा तिथिका दिन कमला संगममा स्नान तथा पूँजापाठ गर्नाले विशेष फल प्राप्त हुने जनविश्वास रहेको छ । कमला नदिलाई भगवतिको रुपमा पूँजा गर्ने चलन रहेको छ ।
भारतको विहार राज्यका सीमावर्ती गाउँका अतिरिक्त नेपालको धनुषा, सिरहा, महोत्तरी, सर्लाही, सप्तरी लगायत दर्जनौ गाउँबाट भक्तजनहरु सहभागि भएका छन् । कमला नदिको उत्तरायणमा मेला लाग्ने गरेको छ ।
कोरोना संक्रमणको अवस्था भएकाले धेरै सहभागीहरु मास्क लगाएका थिए । दूरी पनि कायम गरेर स्नान तथा पूँजापाठ गरेका छन् । यस पटक गत वर्षको तुलनामा २५ प्रतिशत पनि सहभागी नभएको धनुषाका कमला नगरपालिकाका प्रमुख रामउदगार यादवले जानकारी दिनु भएको छ ।









प्रतिक्रिया राख्नुहोस्