तपाईँ सुन्दै हुनुहुन्छः

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ४८ वर्षपछी पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले ४८ वर्षपछी जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सहित १० जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको साबिक ढोरफिर्दी(१ का प्रतिवादी केशे दमै भन्ने बुधे दमै रहेको प्रहरी जनाएको छ । उनको घरबाट पक्राउ गरी तनहुँ जिल्ला अदालत बुझाईएकोमा थुनामा गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो ।

दमै जबरजस्ती करणी मुद्दामा २०२९ पुष २३ गते तनहुँ जिल्ला अदालतको फैसलाले ६ वर्ष कैद सजाय भई फरार रहेका थिए ।त्यसैगरी सवारि ज्यान मुद्दामा जरिवाना रहेका २ जना, चोरि मुद्दाका ४ जना, लिखत बेइज्जती मुद्दामा १ जना, जालसाची मुद्दामा २ जना समेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँ प्रहरीले पछिल्लो समय विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button