घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ८९ हजार ५ सय ५० रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा ३० रुपैयाँले घटेर एक हजार १ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्