तपाईँ सुन्दै हुनुहुन्छः

जाडो छल्न दुई सय विद्यार्थीलाई न्यानो कपडा वितरण

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–९ गोराखानीका दुई सय विद्यार्थीलाई न्यानो कपडा (ज्याकेट, ट्राउजर र जुत्ता ) वितरण गरिएको छ ।

हिउँदयाम शुरु भएसँगै बढ्दो चिसोलाई मध्यनजर गर्दै ‘ड्रिम्स अफ’ गोराखानीले गोराखानी आधारभूत विद्यालय र जैदुङ आधारभूत विद्यालयका विद्यार्थीलाई ज्याकेट, ट्राउजर र जुत्ता वितरण गरेको वडा नं. ९ का वडा अध्यक्ष काजी शेर्पाले जानकारी दिनुभयो ।

सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले दुर्गमका अधिकांश विद्यार्थीले सिजनअनुसारको पोशाक लगाउन आर्थिक समस्याका कारण नसक्ने भएकाले गैर सरकारी संस्थाले यसरी सहयोग गर्दा पठनपाठनमा सहज हुने बताउनुभयो ।

जाडोयाममा विद्यार्थीलाई पठानपाठनमा कठिनाई नहोस् भनेर तातो कपडा वितरण गरेको ‘ड्रिम्स अफ’ गोराखानीका अध्यक्ष ङवाङपासाङ शेर्पाले बताउनुभयो ।

त्यस अवसरमा अमेरिकामा बस्दै आएका पवन लामाको संयोजन तथा वडा अध्यक्ष काजी शेर्पाको समन्वयमा स्थानीय ३४० घरलाई ३० केजीका दरले चामल वितरण गरिएको छ ।

कोरोना कहरका कारण नियमित गर्दै आएको काममा अवरोध भएकालाई राहत स्वरुप खाद्यान्न वितरण गरेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button