तपाईँ सुन्दै हुनुहुन्छः

झापाको विर्तामोडमा ५० करोडको लगानीमा खुल्यो होटल सिद्धार्थ ग्राण्ड

भद्रपुर, झापा । झापाको प्रमुख व्यापारिक शहर बिर्तामोडमा आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि ५० करोड लगानीमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ ।

झापाका ११ जना उद्योगीको साझेदारीमा विर्तामोड ४ मा होटल सिद्धार्थ ग्राण्ड सञ्चालनमा ल्याएका हुन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले शनिवार उक्त होटलको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा पर्यटनमन्त्री भट्टराईले व्यावसायिक सहर बिर्तामोडको विकासमा होटलले महत्वपूर्ण भूमिका खेल्ने भन्दै सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिइरहेको बताउनु भएको थियो ।

बिर्तामोडको भद्रपुर रोडमा अवस्थित होटल छ कठ्ठा क्षेत्रफलमा फैलिएको सञ्चालक डा. लक्ष्मीप्रसाद मैनालीले बताउनु भयो । डा. मैनालीका अनुसार होटलमा ५१ वटा सुविधा सम्पन्न कोठा, छ वटा छुट्टा–छुट्टै रेष्टुरेन्ट र दुई वटा कन्फ्रेन्स हल छन् । स्वीमिङ पुलको सुविधा पनि होटलमा छ ।

होटलका अध्यक्ष देवीप्रसाद मैनाली आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि चौविसै घण्टा होटल खुला रहने बताउनु भयो । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा होटल सिद्धार्थ सञ्चालन भइरहेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न होटलको व्यवस्थापनमा सिद्धार्थ ग्रुप सक्रिय छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button