झापाको अर्जुनधारामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
झापा । झापाको अर्जुनधारा नगरपालिका–५ कञ्चनबारीस्थित मुसी चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय दिपक बुढाथोकी रहेको प्रहरीले जनाएको छ । झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मोटरसाइकल र जेसीवी एक आपसमा ठोकिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा ३५ वर्षीय मोटरसाइकल चालक बुढाथोकीको ज्यान गएको हो । शनिबार साँझ ६ः३० बजे दुर्घटना भएको ट्राफिक प्रहरी नायव निरीक्षक नारायण आचार्यले जानकारी दिनुभयो ।
प्र. ०१–०१–०र१२प ७१५४ नम्बरको मोटरसाइकल र को १ क १८५७ नम्बरको जेसीवी ठोकिँएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि बि एन्ड सी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जेसीवी चालक अर्जुनधारा–९ का सुदीप खनाल प्रहरीको सम्पर्कमा आएको र दुर्घटित सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको अस्थायी शनिश्चरे ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्