तपाईँ सुन्दै हुनुहुन्छः

जानकी मेडिकल कलेजका कर्मचारीको आमरण अनशत तोडियो

जनकपुरधाम । जानकी मेडिकल कलेज शिक्षण अस्पतालका दुईजना कर्मचारीले विभिन्न मागहरु गर्दै आएको आमरण अनसनको आजदेखि अन्त्य भएको छ ।

करिव एक महिना पश्चात् आमरण अनशन तीन बुदाको सहमति भएपछि तोडिएको छ । आमरण अनसनरत मेडिकल कलेजका कर्मचारीद्वय जानकी शरण यादव र कुल्दिप साहको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको थियो ।

दुबैजनलाई आज दिउँसो जुस खुवार आमरन अनशन तोडाइएको छ । कलेज प्रशासन र आन्दोलनत्त कर्मचारी हकहित संघर्ष समितिबीच तीन बुँदे सहमति पश्चात् अनशन तोड्दै आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको संघर्ष समितिका संयोजक उमेश यादवले जानकारी दिनु भएको छ ।

गएको भदौ ३१ गते जिल्ला प्रहरी कार्याय धनुषामा भएको दुईबुँदे सम्झौता देखि यता कलेज प्रशासनले केहि कर्मचारीमाथि गरिएका सम्पूर्ण कारबाही फिर्ता लिने र हाल कर्मचारीले जारी राखेका सम्पूर्ण आन्दोलन फिर्ता लिने सहमति पत्रमा उल्लेख रहेको छ ।

त्यस्तै कलेज प्रशासन र कर्मचारीबीचको समस्या समाधान गर्न दुबै पक्षबाट २–२ जना प्रतिनिधि र धनुषा जिल्लाका स्वास्थ्यकर्मीहरुको अधिकारिक ट्रेड युनियनका अध्याक्षहरु सम्मलिति कार्यदल मंसिर १७ गते भित्र गठन गरी सम्पूर्ण समस्यामाथि छलफल गरी निराकरण गर्ने सहमति भएको छ ।

केहि कर्मचारीमाथि पूर्वाग्रही तरिकाले कलेज प्रशासनले गरेको कारबाही फिर्ता लिनुपर्ने, ६ वर्षदेखिको संचय कोष र दशैंभत्ता लगायतको हरहिसाब दिनुपर्ने लगायतको मागसहित कर्मचारीद्वय जानकी शरण यादव र कूलदीप साह गएको कार्तिक १६ गतेदेखि कलेज परिसरमै आमरण अनशन बसेका थिए ।

१२ औं दिनमा आमरणअनशनकारीकोे स्वास्थ्य अवस्था बिग्रिएपछि प्रादेशिक अस्पताल जनकपुरधामको आइसियु कक्षमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button