तपाईँ सुन्दै हुनुहुन्छः

कृषि र उपभोक्ताबीचको समस्या समाधान गरिनेः मन्त्री भुषाल

file photo

चितवन । संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कृषि र उपभोक्ताबीचको समस्या समाधान गर्ने बताउनु भएको छ ।

चितवनको भरतपुर विमानस्थललमा पत्रकारहरुसंँग कुरा गर्दै कृषिमन्त्री भुषालले कृषि उपजकोबजारकिरणमा विचौलियाको उपस्थितिलाई न्यूनिकरणका लागि काम शुरु भएको बताउनु भयो ।

नेपालमा कृषि क्षेत्रले फड्को मार्दै गएपनि विचौलियाका कारण कृषक मारमा परेको र उपभोक्ताले चर्को मुल्यमा कृषि उपज किन्नु परेको उल्लेख गर्दै त्यस समस्याको समाधान गरिने बताउनु भयो ।

मुलुकको कृषि क्षेत्रमा भएको बेथिति र अनियमिततालाई सुधार गर्न आफूले प्रयत्न गरेको मन्त्री भुषालको भनाई थियो । उहांँले कृषि क्षेत्रको विकास र आधुनिकिकरणका लागि सरकारले प्रयास गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button