तपाईँ सुन्दै हुनुहुन्छः

थप १७०३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, १२३६ जना सङ्क्रमण मुक्त, २३ जनाको मृत्यु

काठमाडौँ । देशभर आज थप एक हजार सात सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप एक हजार सात सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २९ हजार तीन सय ४३ पुगेको छ ।
त्यस्तै  देशभर आज एक हजार दुई सय ३६ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई लाख दश हजार छ सय ७१ जना रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार चार सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button