ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा तीन जना घाइते
सप्तरी । सप्तरीको बोदे बरसाइन नगरपालिकाको बिसनपुरमा बुधवार साँझ ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन् ।
बोदे बरसाइन नगरपालिका–५ स्थित बिसनपुर–बोदे बरसाइन–स्वर्ण पट्टी सडक खण्ड अन्तर्गत सडक छेउमा बालुवा अनलोड गरिरहेको स १त ३१३४ नम्बरको ट्याक्टरसँग स४प ६०८१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका वडा न. ६ का मो. हासिम मियाँ तथा पछाडि सवार बोदे बरसाइन–३ का २१ वर्षीय नसेबुल रहमान र सोही ठाउँका १८ वर्षीय मो.सैफुला घाइते भएका छन् ।
उनीहरूको स्थानीय क्लिनिकमा सामान्य उपचारपछि थप उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बोदे बरसाइनले जनाएको छ ।
ट्याक्टर चालक राजविराज–७ का किसुन यादव र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







प्रतिक्रिया राख्नुहोस्