तपाईँ सुन्दै हुनुहुन्छः

भारतका विदेशसचिव हर्षबर्द्धन श्रृङ्गला आज नेपाल आउँदै

Image Source: Google

काठमाडौं ।  भारतका विदेशसचिव हर्षबर्द्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत आज नेपाल आउँदै हुनुहुन्छ ।

उहाँ आज बिहान ११ बजे विशेष विमानमार्फत काठमाडौँ उत्रनुहुने छ । आजै उहाँले राष्ट्रपति विद्यादेवी
भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका उच्चाधिकारीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ ।

साथै प्रमुख विपक्षी दल नेपाली काँग्रेसलगायत दलका उच्च नेतासँग भेट गर्नुहुने जनाइएको छ । भ्रमणकै क्रममा उहाँले भारत सरकारले  सहयोग स्वरूप पठाएको कोभिड(१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुने छ । विदेशसचिव श्रृङ्गलाले भ्रमणका क्रममा आज परराष्ट्र सचिव भरतराज पौडेलसँग भेट गर्नुहुने छ । यस द्विपक्षीय भेटमा नेपाल(भारतबीच सहकार्यमा रहेका विभिन्न परियोजनाका बारेमा छलफल हुनेछ ।

विशेषगरी उहाँको यो भ्रमण नेपाल(भारत संयुक्त आयोगको बैठकको तयारीका लागि केन्द्रित रहने भएकाले त्यस बैठकमा उठान गर्नुपर्ने विषयमा परामर्श हुने छ । नेपाल र भारतका परराष्ट्रमन्त्रीले नेतृत्व गर्नुहुने आयोगको छैटौँ बैठक अर्को महिना भारतको नयाँदिल्लीमा गर्ने तयारी भइरहेको छ । विदेश सचिव श्रृङ्गला यही मङ्सिर १२ गतेनै स्वदेश फर्कनुहुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button