राजमार्ग अवरुद्ध गरी प्रर्दशन गर्दा झडप

महोत्तरी । ६ वर्षीया बालिकाको हत्याको बिरोधमा पूर्व पश्चिम राजमार्गस्थित बर्दिवासमा बिरोध प्रदर्शनको क्रममा प्रहरीले राजमार्ग खुलाउन चलाएको गोली लागेर दुई जना स्थानीय घाईते भएका हुन् । घाइतेहरुको बर्दिवासस्थित स्थानीय अस्पतालमा उपचार भैरहेको छ । प्रहरी तर्फ र अन्य स्थानीय समेत घाईते भएका छन् । बालिका हत्याको बिरोध गर्दै बालिकाको शव स्थानीयहरुले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पुर्व पश्चिम् राजमार्गमै राखेर अवरुद्ध गर्दै प्रदर्शन गर्ने क्रममा स्थिती नियन्त्रणमा लिन र राजमार्ग खुलाउन अश्रुग्यास र गोली चलाएको हो ।
प्रहरीले एकसय राउण्ड भन्दा बढी हवाई फायर गरेको स्थानीयहरुले बताएका छन् । हत्या गरिएकी बालिकाको शव प्रहरीले राजमार्गबाट आफ्नो नियन्त्रण लिई पोष्टमार्टम गर्न प्रादेशिक अस्पताल जनकपुर पठाएको छ । राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरुको लाम लागेको थियो भने राजमार्ग आशिंक रुपमा सुचारु भएको छ । बालिका अपहरण पश्चात् हत्यामा सलग्नहरुलाई पक्राउ गर्न, दोषीमाथी कडा कारवाहीको माग गर्दै स्थानीयहरुले राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् ।

मंसिर ७ गते आइतबार देखि वेपत्ता भएकी ६ बर्षीया बालिकाको हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बस्तीबाटै हराएकी सहिद आलमकी ६ बर्षिया छोरी गुलाब साह खातुनको शव हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जानकारी दिनुुुभयो । बालिका हत्या आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घरभई बर्दिवास ननगरपालिका १४ बस्ने २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको जनाएको छ । हत्याको आरोप लागेका साहको घरमा आक्रोशित स्थानीयले आरोपी साहको घरमा आगजनी गरेका छन् ।
पक्राउ परेका साह यसअघि पनि हत्या आरोपमा पक्राउ परेर छुटेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । २०७७ बैशाख २८ गते साह हत्या आरोपमा पक्राउ परेको साह जिल्ला अदातल महोत्तरीबाट धरौटी रिहा भएका थिए ।
अहिले राजमार्ग क्षेत्रमा ठुलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्