तपाईँ सुन्दै हुनुहुन्छः

वीपी प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको मृत्यु

सुनसरी । वीपी प्रतिष्ठान धरानमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक जना माइ नगरपालिका १ इलामका २५ बर्षीय पुरुष छन् भने अर्का मोरङको सुन्दर हरैचाका ६७ बर्षीय वृद्ध पुरुष रहेका छन् ।

प्रतिष्ठानका अनुसार इलाम १ का २५ बर्षीय पुरुषको गए राती साढे ९ बजे मृत्यु भएको हो । दीर्घ रोगी ती युवालाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

यस्तै, मोरङको सुन्दरविराटचोक निवासी ६७ बर्षीय वृद्धको आज बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

मधुमेहका रोगी उनलाई कार्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने मंसिर १ गते कोभिड अस्पतालमा भर्ना गरिएको सुचना केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button