टिप्परको ठक्करबाट एकजनाको मृत्यु
रुपन्देही । बुटवलमा टिप्परको ठक्करबाट आइतबार एक जनाको मृत्यु भएको छ ।
बुटवलको नयाँबस पार्क अगाडि लु २ ख १९०५ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार पाल्पा जिल्लाको निस्दी गाउँपालिकाका ५० वर्षीय मानबहादर सोतीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते स्वाठीलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइए पनि अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो । ठक्कर दिने टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्