तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सञ्चालनमा

 

बाँके । बाँकेमा आजदेखि बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

नेपालगञ्ज—१८ कारकाँदो भुजइगाउँमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

बेवारिसेको उद्धार, उपचार र पुनर्जीवन प्रदान गर्न बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र शाखा कार्यालय नेपालगञ्जले २५ जना क्षमताको चार कोठे घर आश्रमका रुपमा सञ्चालनमा ल्याएको हो ।

अलपत्र र बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको उद्धार गर्दै आइरहेको केन्द्रले औपचारिक रुपमा शनिबार देखि आश्रम शुभारम्भ गरेको हो ।

एक कार्यक्रमका बीच बागेश्वरी अशल शासन क्लव ((बास)का अध्यक्ष रमेश सीटौलाले पानसमा बत्ती बाल्दै रिबन काटेर आश्रम शुभारम्भ गर्नु भएको हो ।

अध्यक्ष सिटौलाले बेवारिसेहरुको व्यवस्थापन र नयाँजीवनको पहल चुनौतीपूर्ण रहेपनि सामुहिक सहकार्यले सहज बनाउने विवास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका केन्द्रिय प्रतिनीधी राजु गुरुङ, नेपाल पत्रकार महासंघ लुम्वीनी प्रदेशका सचिव शुक्रऋषि चौलागाई, सनलाइफ इन्स्योरेन्सका शाखा प्रमुख कमल शाहीले आश्रम सञ्चालनको सफलताको शुभकामना दिनु भएको थियो ।

बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र शाखा कार्यालयकी सहसचिव पुनम गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन केन्द्रका कार्यकारी निर्देशक भुपेन्द्र बस्नेतले गर्नु भएको थियो ।

केन्द्रकी सहसचिव समुना पोख्रेलका अनुसार— केन्द्रले हालसम्म १२ जना बेवारिसेको उद्धार तथा व्यवस्थापन गरिसकेको छ ।

हाल भेरी अष्पतालमा तीन जनाको उपचार भइरहेको छ भने चार जनाको शव व्यवस्थापन गरिसकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button