तपाईँ सुन्दै हुनुहुन्छः

चितवन मेडिकल कलेजमा एक जना कोरोना सङ्क्रमित महिलाको उपचारको क्रममा मृत्यु

तनहुँ । तनहुँकी कोरोना सङ्क्रमित एक जना महिलाको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।

जिल्लाको व्यास नगरपालिका–८ की ५४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको मेडिकल कलेजका निर्देशक प्रा.डा.दयाराम लम्सालले बताउनुभयो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनी कात्तिक २९ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।

सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएपछि कोभिड आइसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार थालिए पनि आइतबार बिहान ११ः१६ बजे उनको मृत्यु भएको डा. लम्सालले बताउनुभयो ।

डा. लम्सालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी रोगले समेत पीडित थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button