चितवनमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुंँ जिल्ला व्यास नगरपालिका वडा नम्बर ८ का ५४ बर्षीया महिला रहेकी छिन ।
श्वासप्रश्वासमा समस्या भई कात्तिक २९ गते अस्पतालमा भर्ना भएका उनको सोही दिन कोरोना पुष्टि भएको थियो । उनको उपचारको क्रममा आज बिहान ११ बजेर १६ मिनेटमा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा किशोर अधिकारीले जानकारी दिए ।
उच्चरक्तचाप , मधुमेह र मृगौला रोगबाट समेत पीडित ती महिलाको अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचार हुंँदै आएको थियो ।








प्रतिक्रिया राख्नुहोस्