मृतकका परिवारलाई घटना स्थलमानै राहत

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा शनिबार भएको आगलागीबाट १ जना वालकको मृत्यु भएपछि जिल्ला दैवि प्रकोप उद्धार समितिले घटना स्थलमा नै राहत उपलब्ध गराएको छ । घटनामा ५ बर्षीय बालक सुजन रम्तेलको मृत्यु भएको थियो । मंसिर ६ गते घर भित्रै बालक खेलिरहेको अबस्थामा बिद्युत सर्ट भई घरमा आगो लागेको सूचनाका आधारमा घटना स्थलमा पुगेको प्रशासनको टोलीले मृतकको परिवार लाई २ लाख रुपैया नगद सहित रेडक्रसले समेत सहयोग गरेको हो ।
बालकको जलेर घरभित्रै मृत्यु भएको सुचनाका आधारमा राहत सहित प्रजिअ र रेडक्रसको टोली घटनास्थलमा पुगेको थियो । आगलागीमा परी घर भित्र रहेका अन्नपात तथा लताकपडा समेत जलेर नष्ट भएको छ ।

मृतकको परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शनिबार नै राहत स्वरुप २ लाख नगद प्रदान गर्नु भएको थियो भने जिल्ला रेडक्रस रामेछापलले त्रिपाल, १ सेट बाकस सहित परिवारका लागि चाहिने सबै खालका व्यवस्थापकिय सामाग्री र एकसरो लत्ता कपडा तथा भाडावर्तन उपलब्ध गराएको वडा अध्यक्ष सुदर्सन प्रसाईले जानकारी गराउनु भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र रेडक्रसले समेत राहत प्रदान गरे संगै आफुले पनि पीडित परिवारलाई ३ बोरा चामल उपलब्ध गराएको वडा अध्यक्ष सुदर्सन प्रसाईले जानकारी दिनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्