कपिलवस्तुमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

कपिलवस्तु – कपिलवस्तुमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शिवराज नगरपालिका-५ चन्द्रौटामा रहेको सशस्त्र प्रहरी बाहिनीमा कार्यरत २२ जना प्रहरीमा कोरोना पोजिटेभि देखिएको छ ।
त्यस्तै बुद्धभुमी नगरपालिकाका तीन जना, कृष्ण नगर नगरपालिकाका एक जना, शुद्धोधन गाउँपालिकाका एक जना र वाणगंगा नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ भएको छ ।
अहिलेसम्म जिल्लामा ९४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्