लुम्बिनी प्रदेश सरकारद्वारा पहिलो चौमासिकमा ४ अर्व १९ करोड २६ लाख ३७ हजार रुपैयाँ खर्च
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाखको बजेट ल्याएकोमा पहिलो चौमासिकमा जम्मा ४ अर्ब १९ करोड २६ लाख ३७ हजार रुपैयाँ खर्च गरेको छ । जुन चालु र पँुजीगत सहित हो ।
पहिलो चौमासिकमा प्रदेशको चालुतर्फको बजेट खर्चभन्दा पुँजीगततर्फको बजेट खर्च निराशाजनक छ ।
चालुतर्फ पहिलो चौमासिकमा १४ दशमवल १२ प्रतिशत खर्च भएकोमा पँुजीगततर्फ ९ दशमवल ०७ प्रतिशत मात्र खर्च भएको छ ।
समग्रमा बजेट खर्च ११ दशमलव ५३ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले जानकारी दिनुभयो ।
पुँजीगततर्फ चालु आर्थिक बर्षमा कुल १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार रुपैया रहेकोमा पहिलो चौमासिकमा १ अर्ब ६८ करोड ८१ लाख ४९ हजार अर्थात ९ दशमलव ०७ प्रतिशत बजेट खर्च भएको लुम्बिनी प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
चालुतर्फ कुल १७ अर्ब ७३ करोड २५ लाख ४८ हजार मध्ये २ अर्ब ५० करोड, ४४ लाख ८७ हजार अर्थात १४ दशमलव १२ प्रतिशत खर्च भएको छ ।
पुँजीगततर्फ सवैभन्दा बढी खर्च गर्ने मन्त्रालय भौतिक पुर्वाधार विकास मन्त्रालयले जम्मा १० दशमलव ७२ प्रतिशत बजेट खर्च गरेको छ ।
पुँजीगततर्फ १३ अर्ब ९२ करोड ४२ लाख ५० हजार बजेटमध्ये मन्त्रालयले पहिलो चौमासिकमा जम्मा १ अर्ब ३९ करोड १० लाख अर्थात ९ दशमलव ९९ प्रतिशत बजेट खर्च गरेको छ ।
पहिलो चौमासिकमा ठेक्का प्रक्रिया लागिसकेको र दोस्रो चौमासिकमा मन्त्रालयको बजेट खर्च ४० प्रतिशत हुने गरी काम गरिरहेको भौतिक पुर्वधार विकास मन्त्रालयका सूचना अधिकारी राजेन्द्र पन्थीले बताउनुभयो ।
पुँजीगत बजेटतर्फ पहिलो चौमासिकमा आर्थिक मामिला तथा योजना मन्त्रालयले १७ दशमलव ६१, उद्योग पर्यटन बन तथा बातावरण मन्त्रलालयले ७ दशमलव ३२ प्रतिशत बजेट खर्च गरेको छ ।
त्यसैगरी भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४ दशमलव २२ प्रतिशत, आर्थिक मामिला तथा कानुन मन्त्रालयले १ दशमलव ६४ प्रतिशत, भौतिक पुर्वधार विकास मन्त्रालयले ९ दशमलव ९९ प्रतिशत र सामाजि विकास मन्त्रालयले १० दशमलव ३७ प्रतिशत बजेट खर्च गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्