दाङका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

नेपालगन्ज । बाँकेमा उपचाररत दाङका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का ५६ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आज बिहान २.२० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
कोभिडको आशङ्कामा कार्तिक २४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परिक्षण गराएका उनमा २५ गते कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि कार्तिक २७ गते मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो । उनी मधुमेह र मिर्गौलाका बिरामी थिए । यो सँगै बाँकेमा बाहिरी जिल्लाका ४१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्