तपाईँ सुन्दै हुनुहुन्छः

शैक्षिक गुणस्तरले मात्रै समृद्धि सम्भव छ : मन्त्री अर्याल

स्याङ्जा   । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले शैक्षिक गुणस्तरमा जोड दिनुभएको छ ।

मन्त्री अर्यालले आज चापाकोट नगरपालिका–१० स्थित जनसामुहिक माध्यमिक विद्यालयको नवनिर्मित ४ कोठे भवनको उद्घाटन गर्नुहुँदै भन्नुभयो, ‘शैक्षिक गुणस्तर वृद्धि गर्न सकिएन भने विकास सम्भव छैन । बढ्दो सूचना र प्रविधिको युगमा विद्यालयको भौतिक संरचना, वातावरण, शैक्षिक सामाग्री, शिक्षकलाई समेत सोही अनुसार अगाडि बढाउन आवश्यक छ । ’

उहाँले शिक्षा प्रमाणपत्रमा मात्रै सीमित हुन नहुने भन्दै अहिलेको आवश्यकता प्राविधिक शिक्षा भएको बताउनुभयो ।

सरकार एक पालिका एक प्राविधिक शिक्षालयको अभियानका साथ अगाडि बढेको भन्दै उहाँले भन्नुभयो, ‘सिपसहितको शिक्षा, बिदेसिनु नपर्ने शिक्षा, आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने भावना जागृत गर्ने शिक्षा आजको आवश्यकता हो ।’

मन्त्री मन्त्री अर्यालले प्राविधिक शिक्षाले नै सबैलाई स्वरोजगार बनाउने हुनाले प्रविधिको अधिकतम प्रयोग गरेर शिक्षण सिकाई गर्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टी कुनै हालतमा नफुट्ने दोहोर्‍याउनुभएको छ । पार्टीभित्रका समस्या छलफलबाट टुङ्गिने भन्दै उहाँले भन्नुभयो, ‘फुटको स्वाद लिएर आएका पार्टी फुट्दैनन् । मिडियामा आवश्यकभन्दा बढी चर्चा गरियो ।’ जीवन्त तथा गतिशील पार्टीमा यस्ता छलफल स्वाभाविक भएको भन्दै आ–आफ्नो काम कर्तव्यमा केन्दी्रत हुनुपर्ने मन्त्री अर्यालको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button