तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा एक महिनाको अवधिमा बिभिन्न दुर्घटनामा १२ जनाको मृत्यु

बैतडी । बैतडीमा सवारी दुर्घटनामा परी दशैं तिहारको अवधिमा १२ जनाको ज्यान गएको छ ।

दशैं तिहारको एक महिनाको अवधिमा चार वटा सवारी दुर्घटनामा परी १२ जनाको ज्यान गएको हो ।

यस्तै दुर्घटनामा परी ३५ जना घाइते भएका छन् । गएको कात्तिक महिनामा भएका ती सवारी दुर्घटनामध्ये दुई वटा राजमार्गमा भएका हुन् भने दुई वटा दुर्घटना ग्रामिण सडकमा भएका जिल्ला ट्राफिक कार्यालय बैतडीले जनाएको छ ।

गत कात्तिक २७ गते राती खोडपेमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको थियो भने ३४ जना घाइते भएका थिए ।

यस्तै कात्तिक २८ गते पाटन नगरपालिका–४ स्थित जोलाबाँजमा भएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

यसका साथै गत कात्तिक २२ गते कटौजपानीमा भएको जीप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका छन् ।

कात्तिक १३ गते मेलौलीमा ट्याक्टरबाट खसेर एक बालकको ज्यान गएको थियो । सवारी दुर्घटनामा हुनुको मुख्य कारण चालकको लापरवाही हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी सहायक निरीक्षक राजेन्द्र रावलले जानकारी दिनुभयो ।

चालकको लापरवाही, साघुँरा सडक र क्षमताभन्दा बढी यात्रुले गर्दा सवारी दुर्घटना हुने गरेको उहाँको भनाई छ । चाड पर्वको बेला हुने सवारी दुर्घटना हुँदा चाडपर्व खल्लो हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button