६ लाख रकमसहित ६ जुवाडे पक्राउ
रुपन्देही । बुटवलमा जुवा खेलिरहेका ६ जना पुरुष ६ लाख रकमसहित पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ११ मांझगाउंस्थित होण्डा होटलमा जुवातास खेलिरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो ।
सुराकीको आधारमा गएको प्रहरी टोलीले बुटवलका विभिन्न स्थानमा बस्ने ६ जनालाई ६ लाख रुपैयांसहित रंगेहात पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पक्राउ पर्नेहरुमा बुटवल ४ का ४४ वर्षीय होम क्षेत्री, बुटवल ११ का २८ वर्षीय राजेश रसाइली, २६ वर्षीय कुशल थापा, २७ वर्षीय आकाश खत्री, ३७ वर्षीय धीरज प्रधान र बुटवल ९ का ३५ वर्षीय संविधान खत्री रहेका छन् । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्